डेंगी बढ्ने समय भएकाले लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्य मन्त्रालयको अनुरोध

शुक्रबार, २४ साउन, २०८२
डिजिटल संस्करण

वर्षातको मौसममा डेंगी रोगको संक्रमण बढ्ने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । यसका लागि लामखुट्टेको नियन्त्रण अति आवश्यक रहेकाे भन्दै मन्त्रालयले  घर  तथा भवनवरपरका पानी जम्ने ठाउँहरू तथा वस्तुहरूको पहिचान गरी लामखुट्टेको प्रजनन, वृद्धि तथा विकास हुने ठाउँलाई नष्ट गर्न पनि आग्रह गरेको छ ।

साउन, भदौ र असोज  महिनासम्म नियमित कम्तीमा हप्ताको एकपटक ‘लाखखुट्टे खोजौँ र नष्ट गरौँ’ अभियानमा लाग्न मन्त्रालयको अनुरोध छ ।  पछिल्लो समयमा डेंगीका बिरामीहरू बढ्दै गएको तथ्यांकले देखाएकोले आ–आफ्नो घर, टोल, समुदाय, कार्यालयमा ‘लाखखुट्टे खोजौँ र नष्ट गरौँ’ अभियानमा अझै सक्रियताका साथ लाग्न मन्त्रालयले आग्रह गरेको छ । 

सुझावित समाचार