एसइईमा इलिक्सर एकेडेमीको शतप्रतिशत नतिजा

एसइईमा ३८ जना विद्यार्थी सहभागी भएकोमा १८ जनाले चार जिपिएसहित शतप्रतिशत विद्यार्थीले ३.७३ जिपिएभन्दा माथि (ए प्लस) नतिजा ल्याए

मंगलबार, १७ असार, २०८२
डिजिटल संस्करण

इलिक्सर एकेडेमीले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा शतप्रतिशत नतिजा ल्याएको छ । यस एकेडेमीबाट यो वर्षको एसइईमा ३८ जना विद्यार्थी सहभागी भएकोमा १८ जनाले चार जिपिएसहित शतप्रतिशत विद्यार्थीले ३.७३ जिपिएभन्दा माथि (ए प्लस) नतिजा ल्याएका हुन् । 

चाबहिलस्थित इलिक्सर एकेडेमीले स्थापनाकालदेखि नै विद्यार्थीको सर्वांगीण विकासलाई ध्यानमा राख्दै आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक रविन दाहालले बताए ।

यसअघि ०७८ सालको एसइई परीक्षामा काठमाडौं जिल्लामा प्रथम भई काठमाडौं महानगरपालिकाबाट नगद पुरस्कारसहित ‘सर्वोत्कृष्ट विद्यालय पुरस्कार’ले पुरस्कृत भएको थियो । त्यस्तै, ०८० सालको एसइई परीक्षामा काठमाडौं जिल्ला प्रथम भई प्याब्सन काठमाडौंद्वारा ‘उत्कृष्ट विद्यालय सम्मान २०८०’ ले सम्मानित भएको थियो ।

See More On

सुझावित समाचार