चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो तीन महिना (साउन–असोज)मा २० वटा वाणिज्य बैंकले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा गरेका छन् । जुन अघिल्लो आव ०८०/८१ सोही अवधिको तुलनामा २ अर्ब ७१ करोड ७४ लाखले बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकहरूको खुद नाफा १३ अर्ब ४७ करोड २० लाख रुपैयाँ थियो ।
बैंकहरूको निष्क्रिय कर्जाको औसत अनुपात ४.०३६५ प्रतिशत कायम छ । गत आवको सोही अवधिमा यस्तो अनुपात ३.३९५ प्रतिशत थियो । १९ बैंकहरूको औसतमा स्वपुँजीमा प्रतिफल ७.५७ प्रतिशतबाट बढेर ८.५२ प्रतिशत पुगेको छ भने सम्पत्तिमा प्रतिफल १.३४ प्रतिशतबाट १.७४ प्रतिशत पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले हालसम्म स्वपुँजी र सम्पत्तिमा प्रतिफल सार्वजनिक गरेको छैन ।
तिलकराज पाण्डे सिइओ, नेपाल बैंक
गत सालको तुलनामा ब्याजदर घटेकाले ऋणीहरूलाई किस्ता तिर्न सहज पक्कै भएको छ । केही कर्जा उठेकाले नाफामा सुधार आएको छ । ब्याजदर घटेसँगै ब्याज आम्दानी र खर्च दुवै घटेकाले खुद ब्याज आम्दानी पनि घटेको छ । कर्जा नबढेसम्म अर्थतन्त्र रिभाइभ हुने अवस्था रहँदैन ।
तीन महिनामा सबैभन्दा बढी नबिल बैंकले दुई अर्ब ५ करोड ६५ लाख रुपैयाँको खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा नबिलले एक अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । सबैभन्दा बढी खुद ब्याज आम्दानी पनि नबिल बैंकको छ । नबिल बैंकले पहिलो त्रैमासमा चार अर्ब १४ करोड खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा नबिलले चार अर्ब १७ करोड ब्याज आम्दानी गरेको थियो । नबिलले स्वपुँजीमा प्रतिफल १३.५२ प्रतिशत छ भने सम्पत्तिमा १.४४ प्रतिशत प्रतिफल दिने उल्लेख छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले चार अर्ब ११ करोड खुद ब्याज आम्दानी गरेको छ । गत आवको पहिलो त्रैमासमा ग्लोबलले चार अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेको थियो । ब्याज आम्दानी बढी गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा छ । यो बैंकले तीन अर्ब ८७ करोड ब्याज आम्दानी गरेको थियो ।
गत आवको सोही अवधिमा यस्तो प्रतिफल २.१८ प्रतिशत थियो । स्वपुँजीमा प्रतिफल र सम्पत्तिमा प्रतिफलले बैंकहरूको वास्तविक नाफा यकिन हुने बैंकरहरूले बताउँदै आएका छन् । यो बैंकको खुद नाफा भने ८६ करोड २२ लाख रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा यो बैंकको खुद नाफा ८२ करोड ७७ लाख रुपैयाँ थियो । बैंकको निष्क्रिय कर्जाको अनुपात १.१ प्रतिशतबाट बढेर १.९५ प्रतिशत पुगेको छ ।
सातको नाफा घट्यो, अरूको बढ्यो
सात वाणिज्य बैंकहरूको खुद नाफा घटेको छ । गत आवको पहिलो त्रैमासमा एनआइसी एसियाको खुद नाफा एक अर्ब एक करोड रुपैयाँ थियो । चालू आवको सोही अवधिमा नाफा खस्किएर ११ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा ८२.४ प्रतिशतले खस्किएको छ । हिमालयन बैंकको खुद नाफा एक अर्ब ५ करोडबाट खस्किएर ७२ करोड ६४ लाखमा सीमित बनेको छ । सिटिजन्स इन्टरनेसनल बैंकको खुद नाफा ५०.७४ प्रतिशतले घटेर १९ करोड ८२ लाखमा सीमित बनेको छ । सानिमा बैंकको खुद नाफा १७.२६ प्रतिशतले खस्किएर ३९ करोड ९५ लाखमा पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३.८२ प्रतिशत र माछापुच्छ्रे बैंकको खुद नाफा ७.१८ प्रतिशतले घटेको छ ।
मुख्य स्रोत ब्याज आम्दानी भने घट्यो
बैंकहरूको आम्दानीको मुख्य स्रोत ब्याजबापतको प्राप्ति भने घटेको छ । कर्जा प्रवाह सुस्त भएकाले ब्याज आम्दानीमा असर परेको हो । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा २० वाणिज्य बैंकहरूले ४६ अर्ब ५४ करोड ९० लाख खुद ब्याज आम्दानी गरेका छन् ।
जुन गत आवको सोही अवधिको तुलनामा ६.०९ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ८८ लाख रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको खुद ब्याज आम्दानी ४९ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ रहेको थियो । असोज मसान्तसम्ममा बैंकहरूको कुल कर्जा प्रवाह ४६ खर्ब ८१ अर्ब ९६ करोड रुपैयाँ र निक्षेप संकलन ५९ खर्ब २२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
गत सालको तुलनामा ब्याजदर घटेकाले ऋणीहरूलाई किस्ता तिर्न सहज पक्कै भएको छ । केही कर्जा उठेकाले नाफामा सुधार आएको छ । ब्याजदर घटेसँगै ब्याज आम्दानी र खर्च दुवै घटेकाले खुद ब्याज आम्दानी पनि घटेको छ । कर्जा नबढेसम्म अर्थतन्त्र रिभाइभ हुने अवस्था रहँदैन ।