भ्रष्टाचार मुद्दामा हदम्याद मान्य हुँदैन : रास्वपा

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारका मुद्दामा हदम्याद मान्य नहुने बताएको छ। पार्टीको संसदीय दलको बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारको आशंका हुँदा जनसुकै समयमा मुद्दा चलाउन मिल्नुपर्ने बताए।

निश्चित सीमाभित्र बाँधेर विगतमा गरेका भ्रष्टाचारजन्य कामबाट उन्मुक्ति खोज्ने बाटोमा लागेर राजनीतिक दलहरूले गम्भीर त्रुटि गरेका उनको भनाइ छ।

‘भ्रष्टाचार निवारणसम्बन्धी जुन कानुन बनिरहेको छ, त्यसमा हदम्याद राख्ने कुरा भएको छ। त्यो कदाचित स्वीकार्य हुँदैन । कुनै पनि वेला भ्रष्टाचारको आशंका हुँदा मुद्दा चल्न सक्छ। त्यसलाई कुनै निश्चित समयभित्र राखेर विगतमा गरेका भ्रष्टाचारजन्य कामबाट उन्मुक्ति पाउने बाटोमा राजनीतिक दलहरूले गम्भीर त्रुटि गर्दै छन्। त्यो राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार गर्दैन,’ उनले भने।
 

सुझावित समाचार