मोरङको बेलबारीमा पोथी हात्ती मृत फेला

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

मोरङको बेलबारीमा एउटा पोथी हात्ती मृत अवस्थामा फेला परेको छ । बेलबारी नगरपालिका– ३ करमडाँडामा रहेको रेखा र अनिता थापाको निजी वनभित्र अन्दाजी तीन–चार वर्षको देखिने पोथी हात्ती मंगलबार बिहान मृत फेला परेको हो ।

वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीका अनुसार उक्त हात्ती सोमबर राति  उत्तर जंगलबाट राजमार्ग दक्षिण गाउँ छिरेको थियो। मृत अवस्थामा फेला परेको हात्तीको पेट फुलेजस्तो देखिएको छ।

मृत हात्तीको मुचुल्का उठाएर शव परीक्षण गर्न वन कार्यालयबाट विज्ञहरूको टोली घटनास्थलतर्फ जान लागेको इलाका प्रहरी बेलबारीले जनाएको छ। मोरङ बेलबारीको पूर्व–पश्चिम राजमार्ग उत्तर–दक्षिण क्षेत्रमा घना जंगल रहेको छ । यहाँ निरन्तर जंगली हात्तीहरू आएर बस्ने गर्दछन्। 

See More On

सुझावित समाचार