पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। गए राति सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो।
बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए। राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, नेपालगन्ज काठमाडौंतर्फ चल्ने सवारीसाधन बीचबाटोमै रोकिँदा सयौँ यात्रु अलपत्रमा परेका छन्।
अवरुद्ध भएको ठाउँमा पहिरो पन्छाउने काम सकिएपछि कर्णाली राजमार्ग सञ्चालनमा आउने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।