पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्यायको विषयमा नेपाल विश्वमै उदाहरणीय बन्न सक्ने बताएका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयक टुंग्याउन गठिन कार्यदलले बुझाएको प्रतिवेदन बुझ्दै देउवाले यस्तो बताएका हुन्।
टिआरसीमा भएको सहमतिले आफ्नो विवाद आफैँ समाधान गर्न नेपाल सक्षम छ भन्ने सन्देश दिएको उल्लेख गर्दै देउवाले भने, ‘यसलाई टुंगोमा पुर्याएको खण्डमा विश्वका लागि पनि अनुकरणीय हुनेछ। यो काममा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्छु।’