राष्ट्रिय अध्यागमन प्रशासनले हालै सार्वजनिक गरेको तथ्यांकले यो वर्षको पहिलो अर्धवार्षिकीमा १४ करोड ६३ लाख ५० हजार विदेशी नागरिक विभिन्न बन्दरगाह हुँदै चीनमा प्रवेश गरेको देखाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १५२.७ प्रतिशतले बढी हो । यो वृद्धि धेरै हदसम्म चीनले उच्चस्तरको खुलापनलाई गरेको प्रोत्साहन र विदेशीलाई आकर्षित गर्न विशेषतः निःशुल्क भिसा नीतिको शृंखलाबद्ध योजनाका कारण सम्भव भएको हो । तथ्यांकले ८५ लाख ४२ हजार विदेशीले चीनमा निःशुल्क भिसा प्रयोग गरेर प्रवेश गरेको देखाउँछ, जुन अघिल्लो वर्षको तुलनामा १९०.१ प्रतिशतले बढी हो ।
‘७२/१४४ घन्टा निःशुल्क भिसामुक्त ट्रान्जिट’ नीतिले विदेशी पर्यटकलाई चीन भ्रमण गर्न थप सहज बनाएको छ । यस नीतिले विदेशी पर्यटकलाई वास्तविक चीनको अनुभव गर्न ७२ वा एक सय ४४ घन्टा अथवा थप समय बिताउने अवसर प्रदान गर्छ । पर्यटकले चीनको गहिरो इतिहास र संस्कृति, यहाँको चमकदार आधुनिक उपलब्धि, स्वादिष्ट भोजन, सुन्दर परिदृश्य र चिनियाँ जनताको मित्रता अन्वेषण गर्न सक्छन् । पर्यटकका अनुभव विश्वव्यापी सामाजिक सञ्जालमा ‘चाइना ट्राभल’ ट्याग गरिएका विभिन्न यात्रा भिडियोमार्फत साझा गरिएका छन् । यी भिडियो विश्वका कुनाकुनामा फैलिएका छन्, अर्थात् यी भिडियोले एक अर्ब ‘भ्यू’ प्राप्त गरेका छन् । यसले चीनको उच्चस्तरको विकास र खुलापनलाई देखाउँछ अनि अन्तर्राष्ट्रिय रूपमा चीन भ्रमण गर्ने चासोको लहर फैलाउँछ ।
एक साधारण तुलनाले चीनमा पर्यटनको तीव्र वृद्धिलाई चित्रण गर्छ । अनलाइन यात्रा सेवा ‘प्लेटफार्म’को तथ्यांकअनुसार सन् २०२३ को तुलनामा यस वर्षको पहिलो अर्धवार्षिकी गैरचिनियाँ राहदानी धारकबाट चीनभित्र आन्तरिक उडानको बुकिङ झन्डै दोब्बरले बढेको छ । यसले अन्तर्राष्ट्रिय आगन्तुकको सुविधा, प्रभावकारिता र समग्र यात्रा अनुभवमा सुधार गर्ने लक्ष्य राख्दै आन्तरिक पर्यटन सेवा बढाउने चीनको प्रयासको सफलतालाई संकेत गर्छ । ‘७२/१४४ घन्टा निःशुल्क ट्रान्जिट’ नीति र असाधारण यात्रा सेवा आधुनिक चीनको विशिष्ट विशेषताका रूपमा उभिएका छन् ।
चीन जहिल्यै खुला रहन्छ, भ्रमण एवं अन्वेषण गर्न चाहने सबैलाई उसले उत्सुकतापूर्वक स्वागत गर्छ
यस वर्षको पहिलो अर्धवार्षिकीमा निःशुल्क भिसाबाट चीन प्रवेश गरेका ८० लाखभन्दा बढी विदेशी वास्तविक चीनका साक्षी एवं कथाकार हुन् । चीनविरुद्ध फैलाइएका अफवाह वा कलंक जतिसुकै सावधानीपूर्वक निर्माण गरिएका वा बारम्बार प्रचार गरिएका भए पनि पर्यटकको विशाल र सहज भ्रमणले सजिलै खण्डन गर्छ । चीनको उच्च प्रशासन एवं सरकारी दक्षता विदेशी पर्यटकका लागि आउने ‘अड्चन’लाई सम्बोधन गर्न द्रुत एवं सटिक उपायमा प्रतिबिम्बित हुन्छ । चीन धेरै ठूलो छ र एक सय ४४ घन्टा छोटो अवधि हो । विश्वसनीय यात्रा सेवा प्लेटफर्मका अनुसार गत ६ महिनामा १० प्रतिशतभन्दा बढी विदेशी पर्यटकले चीनको दुई पटकभन्दा बढी भ्रमण गरेका छन्, जसले चीनको प्रयास र सत्यताले वास्तविक ‘दोहोरिने पर्यटक’ निम्त्याएको देखाउँछ ।
‘७२/१४४ घन्टा निःशुल्क भिसा’देखि ‘सिटी वा नट सिटी’ एक लोकप्रिय ‘इन्टरनेट मिम’ बनेको छ र अब ‘चीन ट्राभल’को लोकप्रियतामा भएको लगातार वृद्धिसँगै विश्व चीनलाई उत्सुकतापूर्वक खोजिरहेको छ भन्ने पुष्टि हुन्छ । अझ व्यापक एवं वास्तविक चीनलाई बुझ्न मानिसले रुचि देखाइरहेका छन् । चीनले यो उत्साह र अपेक्षालाई थप खुला मनोवृत्तिसाथ स्वागत गरिरहेको छ । ‘चाइना ट्राभल’को विश्वव्यापी रूपमा प्रशंसा हुनुको कारण संस्कृति एवं पर्यटनको व्यवस्थित विकासको एक अपरिहार्य परिणाम हो । यो विकास संस्कृति र प्रविधिको गहिरो एकीकरणबाट निःसृत हो । उदाहरणका रूपमा हालैका वर्षमा चीनमा लागू भएको ‘स्मार्ट पर्यटन’लाई लिन सकिन्छ ।
त्यसैगरी ‘चाइना ट्राभल’ले प्रतिनिधित्व गर्ने समसामयिक चिनियाँ अनुभव विश्वमाझ फैलिइरहेको छ । यस वर्षको मे महिनामा ‘हेलो चाइना’ प्रदर्शनी क्षेत्रले दुबईको ३१औँ अरेबियन ट्राभल मार्केटमा ठाउँ पायो, जसले चीनको पर्यटनका लागि नवीनतम सुविधाजनक नीति र सेवा प्रदर्शन गर्छ । प्रदर्शनमा नयाँ सांस्कृतिक मनोरञ्जन उत्पादनमा हानफु (परम्परागत चिनियाँ शैलीको परिधान) प्रदर्शन र गम्भीर अन्तर्क्रियात्मक अनुभव समाहित छन् । यसले विश्वव्यापी रूपमा यात्री, व्यापारी र दर्शकको ध्यान आकर्षित गरेको थियो । यसबाहेक चीनको सांस्कृतिक उद्योगले परम्परागत विविधताका कार्यक्रम र नाटकबाट सूक्ष्म–नाटक र लिपिबद्ध मनोरञ्जन समावेश गर्दै व्यापक म्याट्रिक्स–शैली विकास प्रदर्शन गरेको छ । यो वृद्धिले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार प्रभाव सिर्जना गरिरहेको छ । यसले विद्यमान साझेदार र विश्वभरका नयाँ पर्यटकबाट चीनलाई बारम्बार भ्रमण गर्न देशलाई प्रत्यक्ष रूपमा अन्वेषण गर्न र चीनप्रतिको पर्यटकको बुझाइ र प्रशंसा बढाउन बढ्दो चासो आकर्षित गरिरहेको छ ।
कतिपय देशले संरक्षणवादी र विश्वव्यापीकरणविरोधी नीति अँगालेका छन्, तर चीन विदेशीलाई देशमा प्रवेश गर्न सहज बनाउने नीतिप्रति प्रतिबद्ध छ । यसले चीनको रणनीतिक संकल्प र खुलापनप्रतिको समर्पणलाई जोड दिनुका साथै सहयोग एवं पारस्परिक लाभ प्रचलित ऐतिहासिक प्रवृत्ति र विश्वभरका मानिसको साझा आकांक्षाका रूपमा रहेको पुष्टि गर्छ । नयाँ निःशुल्क भिसा नीतिअन्तर्गत चीन भ्रमण गर्ने विदेशी ब्लगरले बनाएका भिडियोले व्यापक ध्यान खिच्ने र भ्रमण गर्ने दृढ इच्छालाई प्रेरित गर्दा यसले चीन एवं विश्वबीच पारस्परिक लाभको सकारात्मक चक्र सिर्जना गर्छ । केवल एक मोबाइल फोन र झोला बोकेका कुनै पनि यात्रीले एक अन्वेषक बन्न र चीनको आकर्षण अनुभव गर्न सक्छ । चीन जहिल्यै खुला रहन्छ र भ्रमण गर्न एवं अन्वेषण गर्न चाहने सबैलाई उत्सुकतापूर्वक स्वागत गर्छ ।
(७ जुलाई २०२४ को ग्लोबल टाइम्सको सम्पादकीय)