नागार्जुनको कल्भर्टमा कार खस्दा चालकको मृत्यु

शुक्रबार, १५ असार, २०८१
डिजिटल संस्करण

स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका– ६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो ।

दर्नाल आफैँले चलाएको बा प्र०२७च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राति खसेका उनको आज बिहान उद्धार गरिएको हो । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  

सुझावित समाचार