सभामुख घिमिरे प्रमुख सचेतकहरूसँग छलफलमा

आजकाे बैठक स्थगित गर्न विपक्षी दलकाे प्रस्ताव

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण
सभामुख घिमिरे प्रमुख सचेतकहरूसँग छलफलमा

फाइल तस्बिर

बैठक चलाउने कि सूचना टाँसेर स्थगित गर्ने भन्नेमा सभामुख र सचेतकहरूबीच छलफल जारी छ। अब आधा घण्टाभित्र कि बैठक चलाउनुपर्नेछ भने कि  सूचना टाँसेर स्थगित गर्नुपर्नेछ। 

प्रतिनिधिसभा नियमावलीमा निर्धारित बैठक दुई घण्टाभित्र सुरु हुन नसके स्थगित गर्नुपर्ने व्यवस्था छ। प्रतिनिधिसभा बैठक ११ बजे बाेलाइएकाे थियाे। 

सहकारी अपचलनमा संसदीय छानबिन समिति गठनकाे विषयमा सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा रहँदा संसद् चल्न सकेकाे छैन।

सुझावित समाचार