मेलम्ची खानेपानीमा भ्रष्टाचार : पूर्वसचिव सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुरसहित १८ विरुद्ध मुद्दा

आइतबार, ६ फागुन, २०८०
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा चलाएको छ। 

मेलम्ची खानेपानी विकास समिति बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुरसहित १५ व्यक्ति, दुई परामर्शदाता तथा एक निर्माण कम्पनीविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मेलम्ची खानेपानी आयोजनाको निर्माण व्यवसायी इटालियाली कम्पनी सिएमसीलाई रनिङ बिल आइपिसी ३४ मा काम नै नगरी भुक्तानी गरेको, पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेसिन तथा अन्य सामग्री निर्माण व्यवसायीले प्रयोग गरेबापतको  रेन्टल चार्जसमेत कट्टा नगरी भुक्तानी गरेको, पछिल्लो बिलबाट समायोजन गर्ने भनिएको बढी भुक्तानी रकम पछाडिका बिलमा समेत समायोजन नगरेको भन्दै अख्तियारले मुद्दा चलाएको हो।

सुझावित समाचार