संसद्को महासचिव नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा ताकेता

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण

संघीय संसद्को महासचिव नियुक्तिका लागि गरिएको सिफारिसको विषयमा सभामुख र अध्यक्षले राष्ट्रपति कार्यालयमा ४ माघमा स्मरणपत्र पठाएका छन्। 

राष्ट्रिय सभा अध्यक्षका प्रेस संयोजक दुर्गा शर्माले यसअघि सिफारिस गरिएको विषयमा के भएको छ भनेर स्मरणपत्र पठाइएका जानकारी दिए।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले २५ मंसिरमा प्रतिनिधिभाका सचिव पदमप्रसाद पाण्डेयलाई  महासचिव पदमा सिफारिस गरेका थिए। राष्ट्रपतिले अझै नियुक्त गरेका छैनन्। 

सभामुख घिमिरेले छिट्टै नियुक्त हुनेमा आशावादी रहेको बताए। हाल पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको छ।

सुझावित समाचार