स्थानीयको अवराेधपछि शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा पुगे अभियन्ता ईः

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण
स्थानीयको अवराेधपछि शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा पुगे अभियन्ता ईः

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

ललितपुर महानगरपालिकाको प्रांगणमा स्थानीयले अवरोध गरेपछि अभियन्ता ईः ललितपुर प्रहरी परिसर पुगेका छन्।

फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोधमा उनले मंगलबार १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्न लागेका थिए। तर, स्थानीयले अवरोध गरेपछि उनी शान्ति सुरक्षाको माग गर्दै प्रहरी प्रशासन पुगेका हुन्।

महानगरले मंसिर २४ देखि ऐतिहासिक महत्त्वका स्थानहरूमा साँझ–बिहान पनि फुटपाथ पसल राख्न निषेध गरेको छ। त्यसको विरोधमा ईःले अभियान चलाउन लाग्दा स्थानीय प्रतिरोधमा उत्रिएका थिए।

आफ्ना सम्पदा जोगाउन महानगरको निर्णय स्वागतयाेग्य रहेकाे भन्दै स्थानीयले ईःको विरोध गरेका छन्।

सुझावित समाचार