४ लाख नगदसहित जुवा खेलिरहेका ११ जना कावासोतीबाट पक्राउ

बुधबार, २९ कार्तिक, २०८०
डिजिटल संस्करण

पूर्वी नवलपरासीको कावासोतीमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले ४ लाख बढी नगदसहित पक्राउ गरेको छ। कावासोती-८ को कैलाश चोकमा रहेकाे अनु गैरेको घरमा जुवा खेलिरहेका ११ जनालाई ४ लाख ३५ हजार ९५ नेपाली रुपैयाँ र ५ सय भारुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रहजर र जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले जुवाडेलाई पक्राउ गरेको हो। तास खेलिरहेको स्थानबाट प्रहरीले बन्द रहेको ३ बुक ताससमेत बरामद गरेको छ। 

पक्राउ पर्नेमा मध्यविन्दु- ७ निवासी ३५ वर्षीय कृष्ण अर्याल, मध्यविन्दु- ९ का ३९ वर्षीय दीपक अधिकारी, कावासोती- ८ निवासी ४० वर्षीय मनु गुरुङ, ३२ वर्षीय रोहित गैरे, कावासोती- ३ निवासी २८ वर्षीय महेन्द्र पौडेल, कावासोती- ३ निवासी २८ वर्षीय नारायण खनाल, कावासोती- ३ निवासी ३३ वर्षीय बाबु पुन, कावासोती- १२ निवासी ३५ वर्षीय धनबहादुर महतो, देवचुली- १४ निवासी २८ वर्षीय सौरभ खनाल, चितवनको भरतपुर महानगरपालिका- १४ बस्ने ३७ वर्षीय आशिष आचार्य र स्याङजाको गल्याङ नगरपालिका- ६ निवासी ३२ वर्षीय सागर थापा रहेका छन्।

See More On

सुझावित समाचार