धेरै खर्च गरेर मात्रै घर राम्रो देखिन्छ भन्ने होइन । आफ्नो आवश्यकता र रोजाइअनुसार सीमित खर्चमै पनि कलात्मक रूपमा घर सजाउन सकिन्छ । पछिल्लो समय मानिसहरूले बोहो स्टाइलमा घर डेकोरेट गर्न थालेका छन् । यसले घरलाई निकै कलरफुल र चम्किलो देखाउँछ ।
बोल्ड कलर चयन
बोहो स्टाइलमा घर सजाउनका लागि तपाईंले डिप रेड, पर्पल, मस्टर्डलगायत चम्किला कलर चयन गर्न सक्नुहुन्छ । यसले घरलाई कलरफुल र सुन्दर देखाउँछ । अलग–अलग प्याटर्न र कलरका कार्पेट, कुशन र पर्दाले कोठा सिँगार्न सकिन्छ ।
प्राकृतिक सामग्रीको प्रयोग
काठ, जुट, बाँसलगायतबाट बनेका फर्निचरले घर सजाउन ठूलो भूमिका खेल्छन् । यसले घरलाई राम्रो र फरक देखाउँछ ।
प्लान्ट्सको प्रयोग
कोठा, बार्दली तथा बगैँचामा फूलका बिरुवा लगाउन सकिन्छ । त्यस्तै, ह्यांगिङ प्लान्ट्स पनि राख्न सकिन्छ । यसले निकै राम्रो लुक्स दिन्छ ।
हस्तकलाका सामग्री
हातले बनाएका सामग्रीहरूको प्रयोग बोहो लुक्सका लागि निकै राम्रो मानिन्छ । फर्निचर र डेकोरेटिभ सामग्रीमा हस्तकलाका आइटमलाई समावेश गर्न सकिन्छ ।