समान वृत्ति विकासको माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा

सोमबार, १५ असोज, २०८०
डिजिटल संस्करण

तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको माग गर्दै स्थानीय तहका कर्मचारीले संघीय राजधानी काठमाडौं आएर आन्दोलन सुरु गरेका छन्।

निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीसमेत समेटिनुपर्नेलगायत विभिन्न माग राख्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको हो।

उनीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनुपर्नेलगायतका माग राखेका छन्।

तस्बिरहरू : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सुझावित समाचार