‘ब्लु बस’माथि एमाले महासचिवको टिप्पणी– रविले भोटको सस्तो राजनीति गर्न खाेजे

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले भोटको सस्तो राजनीति गरेको टिप्पणी गरेका छन्। उपनिर्वाचन जितेको सय दिन पुगेको अवसरमा लामिछानेले चितवनमा महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सेवा सुरु गरेको विषयप्रति सामाजिक सञ्जालमार्फत पोखरेलले यस्तो टिप्पणी गरेका हुन्।

‘नयाँ र वैकल्पिक शक्ति बनाउँछौँ भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनुपर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनुपर्दछ। तर, स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौँ,’ फेसबुकमा महासचिव पोखरेलले लेखेका छन्। 

विश्वका धेरै देशमा महिला बन्द समाजमा जकडिएको  वेलामा समेत नेपाली समाजमा अधिकांश महिला सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको दाबी गर्दै पोखरेलले नेपाली समाजमा रूपान्तरणकारी सोच र कार्यक्रम आवश्यकता भएको उल्लेख गरेका छन्।

सुझावित समाचार