जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : लेखक

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले निर्वाचन आयोगको जिल्लास्थित कार्यालयहरू अन्य कुनै कार्यालयमा नगाभिने बताएका हुन्।

अर्थमन्त्रीले संसदमा जवाफ दिने क्रममा जिल्ला निर्वाचन कार्यालय अन्य कार्यालयमा नगाभ्ने प्रतिबद्धता गर्ने पनि उनले जानकारी दिए। यो कुरा निर्वाचन आयोगले पनि निर्णय गरिसकेको उनले उल्लेख गरे। 
 

सुझावित समाचार