संघीय स्वास्थ्यमन्त्री मोहन बस्नेतले बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालको बिहीबार आकस्मिक अनुगमन गरेका छन्।
.jpg'_'.2023-06-08.jpg)
मन्त्री बस्नेतसँग प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीको समेत उपस्थिति थियो। बिहीबार बिहान हेटौँडा आइपुगेका मन्त्री बस्नेतले विनासूचना आफू अनगमनमा आएको बताएका थिए।
.jpg'_'.2023-06-08.jpg)
उनले अनुगमनका क्रममा अस्पतालमा स्वास्थ्य सेवा लिँदै गरेका सेवाग्राही, अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूसँग पनि कुरा गरेका थिए।
.jpg'_'.2023-06-08.jpg)
सेवाग्राहीको गुनासो सुनेका मन्त्री बस्नेतले अस्पतालका मेसु रामचन्द्र सापकोटासँग अस्पतालको सेवा विस्तार र आवश्यक सुधारका लागि प्रतिबद्धताका साथै निर्देशनसमेत दिएका थिए।
.jpg'_'.2023-06-08.jpg)
.jpg'_'.2023-06-08.jpg)
.jpg'_'.2023-06-08.jpg)