हाइवेमा कार हाँक्दा...

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

- अत्यधिक स्पिडमा कार हाँक्दा दुर्घटना हुने जोखिम रहन्छ । त्यसैले हाइवेमा कार हाँक्दा सावधानी अपनाउन जरुरी छ । बाटो फराकिलो छ भन्दैमा गाडी तीव्र गतिमा नचलाउनुहोस् । 

- तपाईं लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने बढी थकाइ हुन्छ । यसले गर्दा निद्रा लाग्छ । अनि दुर्घटना हुन सक्छ । तसर्थ, हाइवेमा गाडी कुदाउँदा ठाउँ–ठाउँमा रोकिएर पर्याप्त आराम गरेर कुदाउनुस् ।

- हाइवेमा छिर्नुअघि कारलाई सधैँ राम्रो कन्डिसनमा राख्नुहोस् । यदि सवारीसाधनमै गडबडी छ भने दुर्घटना निम्तिन सक्छ ।

- हाइवेमा ड्राइभिङ गर्दा कोहीसँग पनि कुरा नगर्नुहोस् । मोबाइल फोन पनि नउठाउनुहोस् ।

- मादक पदार्थ वा अन्य नसालु पदार्थ सेवन नगर्नुहोस् । यसले दुर्घटनाको जोखिम अत्यधिक बढाउँछ ।

- आफ्नो साइडमा मात्र गाडी चलाउनुहोस् । जथाभावी ओभरटेक नगर्नुहोस् ।

See More On

सुझावित समाचार