राप्रपा बागमती संसदीय दलको नेतामा थापा सर्वसम्मत

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा सर्वसम्मत चयन भएका छन्।

मंगलबार बिहान काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको प्रदेश संसदीय दलको बैठकले थापालाई सर्वसम्मत चयन गरेको प्रदेश सचिव गुन्जबहादुर न्यौपानेले जानकारी दिए।

यसअघि राप्रपा बागमती प्रदेशको संसदीय दलको नेताका लागि थापा र प्रदेश महामन्त्री भुवन पाठकको दाबी थियो। बागमती प्रदेश सभामा अघिल्लो कार्यकाल दुई सदस्य रहेको राप्रपाको यसपटक १३ सदस्य छन्।

सुझावित समाचार