बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी

आइतबार, १८ मंसिर, २०७९
डिजिटल संस्करण

बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन् । एमाले उम्मेदवार कर्णबहादुर थापालाई पाँच हजार चार सय ३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित भएका छन् ।

पाण्डेले  ३१ हजार सात सय ८६ मत प्राप्त गरेर विजयी भए भने उनको निकटतम प्रतिस्पर्धी  एमालेका थापाले २६ हजार तीन सय ४९ मत मत प्राप्त गरेका छन् ।

त्यसैगरी, राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जंग गिरीले दुई सय सात, स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले एक सय १४, जनता समाजवादी पार्टीका रामबहादुर शाहीले ७३ मत प्राप्त गरेका छन् ।

See More On

सुझावित समाचार