खेल जिते पनि ब्राजिलका समर्थकको चिन्ता बढ्यो

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

समूहचरणको पहिलो खेल जितेर कतार विश्वकपमा विजयी सुरुवात गरेको ब्राजिल र उसका समर्थक नेमार घाइते हुँदा निराश बनेका छन् । 
बिहीबार मध्यराति सर्बियाविरुद्ध भएको खेलमा ब्राजिल २–० गोलले विजयी भयो । तर, ७९औँ मिनेटमा उसका स्टार नेमार जुनियर चोट बोक्दै मैदान छाड्न बाध्य भए । 

ब्राजिल टोलीका चिकित्सकका अनुसार उनको गोलीगाँठोमा समस्या देखिएको छ । र, त्यो कति चिन्ताजनक हो भन्नेबारे थाहा पाउन कम्तीमा २४ र बढीमा ४८ घण्टा कुर्नुपर्छ । 

चिकित्सक रोड्रिगो लस्मारले तत्काल एमआरआई नगर्ने, २४ देखि ४८ घण्टाभित्रको अवस्था हेरेपछि मात्र निर्णय लिने बताएका छन् । 


प्रशिक्षक टिटेले भने नेमारको समस्या गम्भीर नरहेकाले भन्दै उनले प्रतियोगिता नगुमाउने विश्वास व्यक्त गरेका छन् । 

सन् २०१४ मा आफ्नै गृहमैदानमा आयोजित विश्वकपमा ब्राजिलले क्वार्टरफाइनलमा गम्भीर चोटका कारण नेमारलाई गुमाएको थियो । उत्कृष्ट लयमा देखिएको ब्राजिल त्यसपछिको सेमिफाइनल खेलमा जर्मनीसँग ७–० ले स्तब्ध हुन पुग्यो । 

नेमारले आफ्नो देशका लागि ७७ गोल गरिसकेका छन् । उनी पेलेभन्दा दुई गोलले मात्र पछि छन् । तर, उनीसँग एउटा पनि विश्वकप छैन । जबकि, पेलेसँग तीनवटा विश्वकप छन् । 

सुझावित समाचार