डोटी प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीका प्रेमबहादुर आलेमगरले मतान्तर बढाएका छन्।
अहिलेसम्म १०९७ मत गणना हुँदा आलेले प्रेमबहादुर आले ६२२ का साथ अग्रता लिएका छन्। यस्तै एमालेकी उम्मेदवार गौरी ओलीले ३२२ मत ल्याएर दोस्रो स्थानमा छिन्।
अन्य उम्मेदवारमा राप्रपाका अंक खड्का २५, नरेन्द्र खड्का २५, घण्टीले ६ ल्याएका छन् भने बदर मत ९५ रहेको छ।