आमनिर्वाचन : \'हेबिवेट\'हरूकाे गृहजिल्ला झापामा देखिएन उत्साह [तस्बिरहरू]

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

झापामा मतदानस्थलमा मतदाताको उपस्थित कम देखिएको छ। मतदानस्थलहरूमा खासै भिड देखिएन। निर्वाचन कार्यालयले गरेको अपेक्षाअनुसार मतदान हुन नसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले बताए।

‘हामीले ७४ प्रतिशत मत खस्ने अनुमान गरेका थियौँ । तर, अपेक्षाअनुसार मतदान हुन सकेन,' उनले भने, ‘अन्तिमसम्म ६०/६२ प्रतिशत मत मात्र खस्ने देखियो।’ 

गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा ७० दशमलव ४६ मत खसेको थियो। ६ लाख ६३ हजार ३११ मतदाता छन्।

झापामा प्रतिनिधिसभातर्फ ५ वटा र प्रदेश सभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभातर्फ ९४ जना र प्रदेश सभातर्फ ९८ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

झापामा एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेता चुनावी मैदानमा छन्।

सुझावित समाचार