१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्णालीमा दुईतिहाइ ल्याउने सत्तागठबन्धनको दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:१७:oo

कर्णालीमा सत्तारुढ गठबन्धनहरूले आगामी चुनावमा प्रदेश सभामा दुईतिहाइ ल्याउने निष्कर्ष निकालेको छ। सोमबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा सत्तारुढ गठबन्धन दलका नेताहरूले पत्रकारसँग गरेको भेटमा दुईतिहाइ ल्याउने दाबी गरेका हुन्।

कर्णाली प्रदेशमा १० वटै जिल्लामा सत्तारुढ गठबन्धनले निर्वाचन परिचालन तथा अनुगमन समितिले त्यहाँको वस्तुस्थिति बुझेर दुईतिहाइ बहुमत ल्याउने माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले दाबी गरिन्। 

‘हामीले सबै जिल्लाको वस्तुस्थिति बुझेर र देखिएका समस्या समाधान गरेर यो निष्कर्ष निकालिएको हो,’ उनले भनिन्, ‘प्रतिनिधिसभाका १२ र प्रदेश सभाका २४ वटै निर्वाचन क्षेत्रमा गठबन्धनको पक्षमा उत्साहजनक सहयोग, समर्थन रहेको पाइयो।’ 

गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने व्यक्तिहरूलाई कारबाहीसमेत गरिसकिएको केसीले जानकारी दिइन्। ‘त्यसलाई सुरक्षित गर्नका लागि गठबन्धनका नेता, कार्यकर्ताहरू एकजुट भएका छन्।’ उनले भनिन्, ‘कर्णालीका सबै जिल्लामा गठबन्धन दलहरू नै विजयी हुनेछन्।’
 

ad
ad