१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दोस्रो अन्तर्राष्ट्रिय अंग प्रत्यारोपण सम्मेलन काठमाडौंमा सम्पन्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३८:oo

मानव अंग प्रत्यारोपणसम्बन्धी अनुभव आदान–प्रदान गर्दै दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। काठमाडौंमा शनिबार र आइतबार भएको सम्मेलनमा नेपाली विज्ञहरूले १६ वटा र विदेशी विज्ञहरूले १२ वटा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यपत्र प्रस्तुत गर्दै नेपाली विज्ञहरूले अंग प्रत्यारोपणमा नेपालले फराकिलो रूप लिए पनि अझै शतप्रतिशत सफलता हात लाग्न नसकेको बताए। उनीहरूले खासगरी कुनै पनि अंग प्रत्यारोपणका लागि चाहिने दाताको अभाव र मृत्युपश्चात् पनि आफन्त र परिवारका व्यक्तिले मृतकको अंग दान गर्न हिचकिचाउँदा कैयौँ बिरामीले अकालमा ज्यान गुमाइरहेको उल्लेख गरे। यसबारे सरकारले व्यापक जनचेतना जगाउन सके अंगदान गर्ने कार्यमा प्रगति हुने उनीहरूको विश्वास छ।

कार्यपत्र प्रस्तुतिका क्रममा विदेशी विज्ञहरूले पनि समस्या र त्यसको समाधानका उपायबारे तथ्यहरू प्रस्तुत गरेका थिए। त्यसपछि अंगदान र प्रत्यारोपणबारे अनुभव साटासाट गर्दै ‘मृत्युपछि अंगदानको अवस्था, चुनौती तथा सम्भावना’बारे पनि चर्चा गरिएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले बताए।

यो सम्मेलनले नेपालमा अंगदान तथा प्रत्यारोपण कार्यलाई प्रभावकारी बनाउन सहयोगी भूमिका खेल्ने उनको विश्वास छ। सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, बंगलादेश, हल्यान्ड, बेल्जियम, स्लोभानियालगायत १५ देशका विज्ञहरू सहभागी थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा भक्तपुर अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन भएको हो।
 

ad
ad