मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २८ सोमबार ०९:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मतदान केन्द्र बनाउन निर्वाचन आयोगले माग्यो सार्वजनिक भवन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २८ सोमबार ०९:५८:००

निर्वाचन आयोगले मतदान केन्द्र प्रयोजनका लागि सरकारसँग सार्वजनिक भवन मागेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदानस्थल तथा केन्द्र बनाउन सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना माग गरेको हो ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै मतदान स्थल र केन्द्र तोकिएका र्साजनिक भवन २ मंसिरदेखि ४ कात्तिकसम्मका लागि उपलब्ध गराउन भनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि आइतबार मात्र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै मतदानस्थल र केन्द्र तोकिएको सार्वजनिक भवन आयोगलाई उपलब्ध गराउन भनेको छ ।