१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:५९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुश्मामा गगन थापालाई भोट माग्दै ‘बन्जीजम्प’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५९:oo

बाग्लुङका एक युवाले प्रतिनिधिसभा उम्मेदवार गगन थापालाई जिताउन भोट माग्दै विश्वको दोस्रो अलो बन्जीबाट हाम फालेका छन्। बाग्लुङ– १४ नारायणस्थानका ३५ वर्षीय सुमन शर्माले ‘भोट फर गगन थापा’ भन्दै हातमा प्लेटकार्ड बोकेर कालीगण्डकी नदीमाथि दुई सय २८ मिटर उचाइबाट बन्जी गरेका हुन्।

कांग्रेस महामन्त्रीसमेत रहेका थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेदवार छन्। हाल काठमाडौं बसोवास गर्दै आएका उनले ‘जेन जी. जेनेरेसन गगन, विइ आर जेनेरेसन गगन, अबको पालो गगन, गगन हाम्रो प्रधानमन्त्री, भोट फर गगन’ भन्दै शनिबार हाम फालेका हुन्। 

‘जसरी बन्जी गर्नका लागि साहस चाहिन्छ, त्यसैगरी देश हाँक्न पनि साहस भएको नेता चाहिन्छ, त्यो खुबी गगन थापामा छ,’ शर्माले भने, ‘हामीलाई हरेक नागरिकका आधाभूत आवश्यकताको प्रत्याभूति दिन सक्ने नेतृत्व चाहिएको छ, त्यो नेता गगन थापा हुन्।’

उनले थपे, ‘हामी युवामा जस्तै साहस गगनमा पनि छ, अबको देश हाँक्ने जिम्मा गगनलाई दिनुपर्छ, हामी गगनको पुस्ता हौँ, नेतृत्वमा गगनजस्तै युवाको खाँचो छ।’

गगनको साहसमा युवाहरूको ‘हातमा हात, साथमा साथ छ’ भन्ने सन्देश दिनका लागि बन्जी गरेको शर्माले बताए। देशका लागि केही गर्छु भन्ने हुटहुटी र जोस भएका नेतालाई युवाहरूले साथ दिनुपर्ने उनको भनाइ छ। 

फिजिक्स, साइकोलोजी र जनस्वास्थ्य विषयमा स्नातकोत्तर गरेका शर्माले देशमा परिवर्तन ल्याउन गगनजस्ता युवा नेतृत्वमा आउनुपर्ने बताए। ‘जताततैबाट गगन थापाको समर्थन रहेको हुँदा अबको राजनीतिमा गगनको जेनेरेसनको खाँचो देखिन्छ,’ उनले भने।  अबको प्रधानमन्त्री गगन भन्दै देश–विदेशमा क्याम्पेनिङ चलिरहेको छ।

‘जेन जी, गगन फर पिएम’ अभियानलाई बन्जीसँगै एसियाकै लामो भनेर दाबी गरिएको बाग्लुङ–पर्वत जोड्ने लामो झोलुंगे पुल, फ्रान्सको पेरिसमा रहेको आइफल टावर, अस्ट्रेलिया, साइप्रसलगायत देशमा रहेका युवाले पनि अगाडि बढाइरहेको अभियानका एक अभियन्ता पवन आचार्यले बताए।