Skip This
अफगानिस्तान भोकमरीको  गम्भीर संकटमा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
एजेन्सी
Invalid date format o९:४२:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अफगानिस्तान भोकमरीको  गम्भीर संकटमा 

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format o९:४२:oo

अफगानिस्तानका दुई करोड २८ लाख मानिस चरम खाद्य संकटमा

तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि यो देशले अहिले विश्वकै सबैभन्दा व्यापक र गम्भीर भोकमरीको सामना गरिरहेको छ । सन् २०२२ मा अफगानिस्तानको खाद्य असुरक्षा तीव्र रूपले बढेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफओए)को प्रतिवेदनले उल्लेख गरेको छ ।

एफओको रिपोर्टअनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीबाट दुई करोड २८ लाखभन्दा बढी अर्थात् ५० प्रतिशतभन्दा बढी अफगानी गम्भीर रूपमा प्रभावित भएका छन् । ‘सन् २०२२ को पहिलो त्रैमासदेखि नै अफगानिस्तानका जनता विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरीको संकटबाट ग्रस्त छन् । विस्तारित खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताले गर्दा यहाँका दुई करोड २८ लाख मानिस खाद्य संकटको चपेटामा परेका छन्, जुन जनसंख्याको आधाभन्दा बढी हो,’ प्रतिवेदनमा भनिएको छ ।

यो प्रतिवेदनले सन् २०२२ मा व्याप्त तीव्र खाद्य असुरक्षाबाहेक एसिया र प्रशान्त क्षेत्रका आर्थिक, वातावरणीय एवं विकासका मुद्दालाई समेत प्रकाश पारेको छ । काबुलका बासिन्दाले देशमा व्याप्त आर्थिक संकटका कारण खाद्यान्नको मूल्य अचाक्ली बढेकोमा चिन्ता व्यक्त गरेका छन् । ‘खाद्यान्नको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । मानिसहरू एक पोका पिठोसमेत किन्न नसक्ने स्थितिमा छन्,’ राजधानी काबुलका स्थानीय रहमानुल्लाहको भनाइ अफगानिस्तानको खामा प्रेसले उद्धृत गरेको छ ।

डब्लुएफपीका अनुसार अफगानिस्तानका १० मध्ये नौ परिवार आफ्नो खाद्य आवश्यकता पूरा गर्न असमर्थ छन् । उनीहरू एक पोको पिठोसमेत किन्न नसक्ने स्थितिमा छन् ।

यसैबीच विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले पनि अफगानिस्तानको आर्थिक संकटबारे चासो देखाएको छ । ‘एक वर्षको अभूतपूर्व आर्थिक कठिनाइका साथै भूकम्प र बाढीजस्ता वातावरणीय प्रकोपहरूको सामना गरिसकेपछि अफगानिस्तानका जनता हिउँदको कडा चिसोको सामना गर्न पहिलेभन्दा कम तयार छन्,’ डब्लुएफपीले एक विज्ञप्तिमा भनेको छ । डब्लुएफपीका अनुसार अफगानिस्तानका १० मध्ये नौ परिवारले आफ्नो खाद्य आवश्यकता पूरा गर्न असमर्थ छन् । विशेषगरी महिलाको नेतृत्वमा रहेका घरपरिवारले आफ्नो खाद्य आवश्यकता पूरा गर्न नसक्ने देखिएको प्रतिवेदनमा औँल्याइएको छ ।

‘अफगानिस्तानका लागि यो आपत्कालीन समय हो । जनता चार दशक लामो द्वन्द्व, जलवायु जोखिम, कोभिड–१९ र सामाजिक–आर्थिक संकटका दुष्प्रभावहरूबाट गुज्रिरहेका छन् । यसले गत वर्ष उनीहरूलाई आफ्नो रोजगारी र जीविकोपार्जनबाट पूरै वञ्चित गरेको थियो,’ अफगानिस्तानका लागि इयू प्रतिनिधि राफेला लोडाइस भन्छिन्, ‘यसअघि सजिलै खाद्यान्न जुटाउन सक्ने मानिसहरू पनि अहिले संघर्ष गरिरहेका छन् । उनीहरू खाद्यान्नका लागि मानवीय सहायत उपलब्ध गराउने निकायसँग निर्भर हुन पुगेका छन् ।’

अफगानिस्तानमा बढ्दो आर्थिक संकटले साना उद्यमलाई सबैभन्दा ठूलो असर गरेको छ । बिक्रीमा कमी र उपभोक्ताको मागमा ठूलो गिरावटका कारण निजी कम्पनीले आफ्ना आधाभन्दा बढी कर्मचारी कटौती गरेका छन् । १५ महिनाअघि तालिबानको सत्तापलट भएपछि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको सहयोगमा भारी कटौती गरेका छन् । आर्थिक कठिनाइका कारण सर्वसाधारण अत्यावश्यक सेवाबाट समेत वञ्चित हुन पुगेका छन् । तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिलाहरूको अधिकारमा भारी कटौती भएको छ । यसले अफगानिस्तानका नागरिकलाई व्यापक र गम्भीर खाद्यसंकटको चपेटामा पारेको छ ।