१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार o६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मतदानको दिन जहाज चढ्न पाइने, सवारी चलाउन अनुमति लिनुपर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o६:२७:oo

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतदानको दिन जहाज र निश्चित सवारी चल्न पाउने गरी सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड बनाएको छ । 

शनिबार आयोगले स्वीकृत गरेको मापदण्डअनुसार मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको (विमानस्थल–वासस्थान) व्यवस्थापनको जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । उम्मेदवार र प्रतिनिधिले सवारी प्रयोगका लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतबाट अनुमति लिनुपर्नेछ । अन्य निकाय वा संस्थाले सवारी नम्बर र प्रयोगकर्ताको नाम उल्लेख गरी सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

१२ निकायका सवारी निर्वाध चल्न पाउने
मापदण्डअनुसार १२ निकायका सवारीलाई अनुमतिविना सहज आवागमनको व्यवस्था मिलाइएको छ । आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स, शववाहन र दमकल सहजै चल्न पाउनेछन् । खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी, दूध बोक्ने सवारी चल्न पाउनेछन् । 

सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकारमाहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्रवाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी चल्न पाउनेछन् ।

दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने गाडी, आयोगबाट जारी परिचयपत्रवाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी चल्नेछन् । 

ad
ad