Skip This
चलचित्र समीक्षालाई लिएर पत्रकारलाई निर्माताको धम्की
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १४:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चलचित्र समीक्षालाई लिएर पत्रकारलाई निर्माताको धम्की

महासंघद्वारा खेद प्रकट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १४:२२:oo

चलचित्र समीक्षाको विषयलाई लिएर निर्माताले धम्की दिएको विषयमा नेपाल पत्रकार महासंघ एसोसियट प्रदेश समितिले खेद प्रकट गरेको छ।

पत्रकार अनिल यादवले लेखेको चलचित्र समीक्षाका विषयलाई लिएर सूत्रन्युजका सञ्चालक एवं चलचित्र पत्रकार संघका सदस्य केशव खड्कालाई निर्माता रोहित अधिकारीले धम्की दिएको विषयमा महासंघ एसोसियट प्रदेश समितिले खेद प्रकट गरेको हाे।

फिल्म समीक्षाको विषयलाई लिएर निर्माता रोहित अधिकारीले तारान्तार अश्लील र अमर्यादित भाषा प्रयोग गर्दै धम्की र गालीगलौज गरेका खड्काको दाबी छ। उनले सामाजिक सञ्जालमा ‘बार्गेनिङ’ गरेको अफवाहसमेत फैलाउँदै मानहानि गरिरहेका खड्काले बताएका छन्।

पत्रकारिताको मर्यादा र व्यावसायिकतालाई ख्याल गर्न आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयमा चित्त नबुझे कानुनी उपचार खोज्न सकिने प्रसस्त ठाउँ हुँदाहुँदै धम्क्याउने र तल्लोस्तरका शब्दहरू प्रयोग गरी गालीगलौज गर्ने कार्य खेदजनक छ। यस्ता घटना पुनः नदोहोराउन चलचित्र निर्माता अधिकारीलाई यस समिति चेतावनी दिन चाहन्छ ।’

ad
ad
ad
ad