Skip This
संसदमा भइरहेको विरोध लज्जास्पद, औचित्यहीन : सांसद वाग्ले
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार १४:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसदमा भइरहेको विरोध लज्जास्पद, औचित्यहीन : सांसद वाग्ले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १४:o४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा पूर्णसमर्थन रहेकाे जनाएका छन्। 

आइतबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आर्थिक शिथिलता चिर्दै दिगो रोजगार वृद्धिको जग बसाल्ने, राजस्व बढाउने, खर्चको बेमेल मिलाउने सामाजिक रूपान्तरणको जग अगाडि बढाउनेलगायत विषयमा केन्द्रित रहेर बजेट ल्याउन सुझाव दिए। 

सदन खुलाउने र सहकारीको समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाउन दलहरू सहमतिनजिक पुगेको उल्लेख गर्दै उनले प्रमुख प्रतिपक्षी दल कांग्रेसको नाराबाजीप्रति कडा टिप्पणी गरे। 

उनले भने, ‘नीति तथा कार्यक्रमअनुसार बजेट बन्नेछ भन्ने विश्वास छ। संसदीय समितिको कार्यादेशमा सहमति भइरहेको छ। छलफलमा एक–दुईवटा शब्दले अड्किएको छ। संसदमा भइरहेको विरोध लज्जास्पद,औचित्यहीन हो।’ 

ad
ad
ad
ad