१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भैरहवा भन्सारद्वारा दुई करोडभन्दा बढीको सामान बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:३९:oo

भैरहवा भन्सार कार्यालय रुपन्देहीले दुई करोडभन्दा बढीको भन्सार छलेका सामान बरामद गरेको छ । आफ्नै कार्यक्षेत्रभन्दा बाहिर भन्सार छली गरेको सामान भन्सार विभागसँगको समन्वयमा बरामद गरिएको प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिए । कपिलवस्तुको चाकर चौराह मायादेवीबाट पाँचवटा पिकअपबाट सामान तस्करी हुँदै गरेको भन्ने सूचनाका आधारमा बुटवलबाट एउटा पिकअप नियन्त्रणमा लिएको उनले बताए । 

‘सूचनालाई पछ्याउँदै जाँदा कार्यक्षेत्रभन्दा पनि बाहिर पुग्नुपर्ने अवस्थामा भन्सार विभागसँग समन्वय गरेर पुगेका थियौँ,’ पौडेलले भने । यस्तै, अर्को गाडी पकडीमा नियन्त्रणमा लिएपछि बाँकी तीनवटा पिकअप तितरबितर भएका थिए । अर्को सूचनाका आधारमा तिनलाई पनि नियन्त्रणमा लिएको पौडेलको भनाइ छ । बरामद गरिएका सामान भन्सार कार्यालय ल्याएको भन्सार अधिकृत पौडेलले बताए ।

बरामद सामानमा लत्ताकपडा, जुत्ताचप्पल, खैनी सुर्ती, खेलौना, अबिर आदि रहेका छन् । यसअघि पनि रुपन्देहीकै सैनामैनाबाट पिकअपमा सामान ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । 

ad
ad