Skip This
एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा एमाले परित्याग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Monday, 12 May, 2025
२o७९ कार्तिक २३ बुधबार १o:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा एमाले परित्याग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार १o:१६:oo

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य ताराकुमारी शाहीले एमाले पार्टी परित्याग गरेकी छिन् । एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवं चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेकाका निवर्तमान उपप्रमुख शाहीले बुधबारबाट एमाले परित्याग गरेको घोषणा गरेकी हुन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा दैलेखको बिन्द्रासैनी चामुण्डा नगरपालिकाको एमालेबाट उपप्रमुखमा विजयी भएकी शाही विगत लामो समयदेखि एमालेको राजनीति गर्दै आएकी थिइन् । 

एमाले अध्यक्ष केपी ओलीमा स्वेच्छाचारिता बढ्दै गएकाले आफूले एमाले परित्याग गरेको उनले बताइन् । ‘नेकपा (एमाले)को नेतृत्वमा विकसित हुँदै गएको स्वेच्छाचारिता, निरंकुशता र गुटगत राजनीतिले पार्टी विधान र सिद्धान्तलाई निष्क्रिय बनाउँदै वर्षाैँदेखि पार्टी निर्माणका लागि रगतपसिना बगाएका इमानदार नेता–कार्यकर्तालाई विस्थापित गर्दै आएको कुरा विभिन्न विकसित घटनाक्रमबाट प्रस्ट हुन्छ,’ उनले भनिन्, ‘हिजो संसद् विघटन गलत हो, संसद् विघटन गर्नुहुँदैन भनेकै आधारमा भीम रावल, घनश्याम भुसालजस्ता पार्टीका हस्तीलगायत हजारौँ नेता–कार्यकर्तालाई गुटगत राजनीतिको सिकार बनाएर पार्टीको संगठनको आन्तरिक प्रतिस्पर्धामा जान रोक लगाउनु, संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी भूमिकामा रहेका गलत र गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिलाई  पार्टी संगठनको जिम्मेवारी दिएर विधि–विधानको उपहास गर्दै आएकाले म नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य पदबाट राजीनामा गरेको घोषणा गर्दै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउन हुन हार्दिक अपिल गर्दछु ।’