मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २२ मंगलबार ०७:२९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डेंगु संक्रमित ५० हजार नाघे, ५५ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २२ मंगलबार ०७:२९:००

नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेको छ । करिब एक सातापछि स्वास्थ्य मन्त्रालयले जारी गरेको विवरणअन्ुसार संक्रमितको संख्या ५० हजार दुई सय ६३ पुगेको हो । थप एकजनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ । साउनयता फैलिएको संक्रमणबाट हालसम्म ५५ जनाको मृत्यु भइसकेको छ । 

एक सातासम्म संक्रमणको विवरण अपडेट नगरेको मन्त्रालयले सोमबार संक्रमितको संख्या घटाएर विवरण अपडेट गरेको थियो । संक्रमितको संख्या पछिल्लो साताको तुलनामा ४४ सय ६१ घटेको देखिएपछि मन्त्रालयले विवरण सच्याएको हो । डेंगु संक्रमणदर घट्दै गए पनि अस्पतालमा अझैसम्म बिरामी उपचारका लागि पुग्ने गरेका छन् । हाल देशैभरि फैलिइरहेको संक्रमण आगामी मंसिरको अन्तिम वा पुुस पहिलो सातासम्म रहने इपिडमियोलोजी तथा रोग नियन्त्रण शाखाको प्रक्षेपण छ । 

थप १५ जनामा कोभिड संक्रमण 
देशमा सोमबार थप १५ जनामा कोभिड संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५ सय ४८ नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा आठजना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच सय ७७ पुगेको छ । मन्त्रालयको विवरणअनुसार सोमबार एक लाख सात हजार पाँच सय ३५ डोज खोप प्रयोगमा ल्याइएको छ ।