मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २१ सोमबार १३:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तोसिमाविरुद्ध आयोगको भ्याकेट निवेदन भट्टराई र रेग्मीको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार १३:१३:oo

ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दिएको भ्याकेट निवेदन पेसीमा चढेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा आयोगको भ्याकेट निवेदन पेसी सूचीको २२औँ नम्बरमा छ।
 
मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा लाभको पदमा बहाल रहेको भन्दै कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले १५ कात्तिकमा अन्तरिम आदेशमार्फत कार्यान्वयन नगर्न र उम्मेदवारी कायम राख्न भनेको थियो।

त्यसविरुद्ध आयोगले १८ कात्तिकमा सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो। निवेदनमा अन्तरिम आदेश संविधान, प्रचलित कानुन र सर्वोच्चबाट उत्पादित नजिर तथा अभ्यासविपरीत रहेको जिकिर गर्दै खारेज गर्न माग गरिएको छ।

आयोगले दिएको भ्याकेट निवेदन र कार्कीको निवेदनलाई एकै साथ पेसीमा राखिए पनि पुछारमा भएकाले आज सुनुवाइ हुने गरी पालो आउने सम्भावना भने छैन।