मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Wednesday, 02 September, 2026
भालुको आक्रमणबाट घाइते भएका फुर्वा तामाङ ।
२o७९ कार्तिक २१ सोमबार ११:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भालुको आक्रमणबाट ताप्लेजुङमा एकजना गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार ११:३८:oo

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्। जंगली भालुको आक्रमणबाट सिदिङ्वा गाउँपालिका– ३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ गम्भीर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तामाङलाई शनिबार दिउँसो भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणबाट तामाङको अनुहार र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते तामाङको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि शनिबार नै झापास्थित बी एन्ड सी अस्पतालमा पुर्‍याएर थप उपचार सुरु गरिएको बताइएको छ।

शनिबार गाउँनजिकैको गुम्बाडाँडा क्षेत्रमा मालिंगाे संकलन गर्न गएको समयमा तामाङलाई भालुले आक्रमण गरेको सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिइन्। उपाध्यक्ष कडरियाका अनुसार तामाङसँगै मालिंगाे संकलन गर्न गएका अन्य दुईजना भने सकुशल जंगलबाट फर्किएका थिए। लेकाली क्षेत्रमा पाइने बाँस प्रजातिको मालिंगाे गाउँघरमा प्रयोग गरिने डोको बुन्ने चोयाका लागि किसानले संकलन गर्ने गर्दछन्।