१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इतिहास र भविष्य हेरेर कांग्रेसलाई मत दिनुस् : दुजाङ शेर्पा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१२:oo

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले इतिहास र भविष्यलाई हेरेर नेपाली कांग्रेसलाई मत दिन आग्रह गरेका छन्। चितवनमा आयोजित गठबन्धन दलका विद्यार्थी संगठनको संयुक्त कार्यक्रममा शेर्पाले यस्तो बताएका हुन्।

कांग्रेसकै कारण देश तानाशाहीको हातमा जानबाट रोकिएको भन्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि कांग्रेसलाई मतदान गर्नुपर्ने तर्क गरे।

‘इतिहास हेर्नुस्। ००७ सालअघि नेपाली जनता रैती थिए। कांग्रेसले रैतीलाई जनता बनायो। कांग्रेसको नेतृत्वमा भएका विभिन्न आन्दोलनले सफलता पाए,’ उनले भने, ‘इतिहास र भविष्यलाई हेरेर कांग्रेस र गठबन्धनलाई मत दिनुहोला।’