१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्राधिकरण आफैँले गर्छ : महानिर्देशक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५५:oo

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले गर्ने बताएका छन्। 

बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा भैरहवा–क्लावालम्पुर उडानको उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को काम प्राधिकरणले गर्ने बताएका हुन्। 

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ अरू कसैलाई दिने अवस्थामा प्राधिकरण नभएको स्पष्ट पारे। यो विषयमा धेरै विवाद भएका कारण प्राधिकरणले सो निर्णय गर्नुपरेको उनले बताए।

‘नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङको गुणस्तरमाथि विविध समयमा प्रश्नचिह्न खडा भएको अवस्था छ,’ उनले भने, ‘नेपाल एयरलाइन्सले अहिलेसम्म गरिरहेको ग्राउन्ड ह्यान्डलिङलाई हामीले डिस्टर्ब गर्नुपर्छ। यसलाई हटाउनुपर्छ भन्ने मान्यता त छैन । तर, त्यो हुँदाहुँदै पनि कानुनप्रदत्त अधिकार कसैको हनन भएको पनि सरकारले हेरेर बस्न सक्दैन । हेक्का राख्दा हुन्छ, ग्राउन्ड ह्यान्डलिङ मात्रै गर्छु । जहाज उडाउँदिनँ भन्ने छुट छैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ अब नेपाल नागरिक उड्डयन प्राधिकरण स्वयं गर्नेछ।’ 

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन गर्नका लागि सबै पक्ष जिम्मेवार भएको बताए। विमानस्थल सञ्चालनका लागि पर्यटन प्रवर्द्धन गर्नुपर्ने र देश–विदेशमा प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए। 

बिहीबारदेखि हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडान सुरु गरेको छ। पहिलो उडानमा एक सय ३५ जनाले भैरहवाबाट क्वालालम्पुरको उडान भरेका छन्। हालका लागि भैरहवाबाट नियमित चार्टर्ड उडान गरिने र आगामी दिनमा भने सेड्युल उडान गर्ने हिमालय एयरलाइन्सले जनाएको छ।