मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ५ शुक्रबार
  • Friday, 22 September, 2023
२०७९ कार्तिक १७ बिहीबार १०:०७:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

नाइजेरियामा बन्दुकधारीबाट दर्जनौँ बालबालिकाको अपहरण   

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १७ बिहीबार १०:०७:००

 नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रस्थित एउटा कृषि फर्ममा काम गर्ने दर्जनौँ बालबालिकालाई एक आपराधिक समूहले अपहरण गरी लगेको छ । कात्सिना राज्यको फास्करी जिल्लाको मैरुवा गाउँबाहिर आइतबार मोटरसाइकलमा आएका दर्जनौँ बन्दुकधारीले खेतमा बाली काटिरहेका ३९ बालबालिकालाई नियन्त्रणमा लिएर लगेको प्रहरी अधिकारीले बताएका छन् । उक्त समूहले अपहरणमा परेका बालबालिकालाई छुटाउन फिरौती मागेको स्थानीय अधिकारीले बुधबार बताएका छन् । 

आपराधिक समूहबाट आतंकित उत्तरपश्चिमी तथा मध्य नाइजेरियाली राज्यमध्ये कात्सिना पनि एक हो । यी राज्यका ग्रमीण क्षेत्रका बासिन्दमाथि बारम्बार आपराधिक समूहले आक्रमण, लुटपाट, आगजनीका साथै अपहरण र हत्यासमेत गर्ने गरेका छन् । जाम्फारा, कात्सिना, काडुना र नाइजर राज्यको विशाल रुगु जंगलमा लुकेर बसेका गिरोहले फिरौती रकम बुझेपछि अपहरणमा परेकाहरूलाई छाड्ने गरेका छन् । 

फस्कारीका एक स्थानीय सरकारी अधिकारीका अनुसार सयौँ मजदुरले काम गरिरहेको खेतमा मोटरसाइकल सवार अपहरणकारी पसेपछि दौडन सक्ने वयस्क कामदारहरू भाग्न सफल भए पनि धेरै दौडन नसकेका ३९ बालबालिका कब्जामा परेका हुन् । अपहरणकारीले बन्धक बनाइएकामध्ये एक व्यक्तिको मोबाइल प्रयोग गरी फिरौती मागेका हुन् । अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको नाइजेरिया देशको उत्तरपश्चिमी तथा मध्य क्षेत्रमा लुटेरा, आपराधिक गिरोह, उत्तरपूर्वमा जिहादी हिंसा र दक्षिणपूर्वमा पृथकतावादी आन्दोलनसँग जुधिरहेको छ ।