१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २१ शुक्रबार १९:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुर ३ : त्रिदेशीय नाका विस्तारदेखि विमानस्थल निर्माणसम्मकाे घोषणा 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:४१:oo

लोकतान्त्रिक वाम–गठबन्धन कञ्चनपुर क्षेत्र नम्बर ३ ले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभाकाे निर्वाचनलाई लक्षित गरेर वाम–गठबन्धनले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।

लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य रमेश लेखक, प्रदेश सभा सदस्यद्वय टेकेन्द्रप्रसाद भट्ट र बेलबहादुर रानाले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।

 सत्तागठबन्धनका उम्मेदवार त्रयले ल्याएको २०बुँदे घोषणापत्रअनुसार कञ्चनपुरलाई त्रिदेशीय नाका विस्तार गर्दै दक्षिणमा भारत र उत्तरमा चीनसँग जोड्ने, बन्द रहेको मझगाउँ विमानस्थलको स्तरोन्नति कार्य अघि बढाएर समयमै हवाई सेवा सञ्चालन गराउने प्रतिबद्धता जाहेर गरिएको छ। महाकाली करिडोर निर्माण दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण एवं भारतसँगको कनेक्टिभिटीलाई विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ। 

कञ्चनपुुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाकै रूपमा विकसित गरी यस क्षेत्रलाई व्यापारिक एवं धार्मिक पर्यटकीय क्षेत्र बनाई समृद्ध जिल्ला बनाउने, जिल्लाको उत्तरी भेग बम्ह्रदेवदेखि महाकाली नदी किनारैकिनार दार्चुलासम्म महाकाली करिडोर विस्तार गर्ने, दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने, महाकाली नदीमा निर्माण भएको चार लेन पुललाई सननिकट रहेको भारतीय सहरसँग जोडी(कनेक्टिभिटी) नेपाल–भारतको यातायात र व्यापारिक क्षेत्र विस्तार गर्ने एजेन्डा अघि सारिएको छ। 

शिक्षातर्फ, स्वास्थ्य खानेपानी, कृषि, सिँचाइ, भूमि व्यवस्थापन, बाढी नियन्त्रण तथा चुरे संरक्षण, विद्युत् वन्यजन्तुबाट हुने बालीनाली नोक्सानी, पर्यटन प्रवर्द्धन, सडक यातायात विस्तार, युवालक्षित कार्यक्रम खेलकुद विकास, संसद् आवास कार्यक्रमलाई निरन्तरता दिनेदेखि खाद्य गुणस्तरका कार्यक्रम विस्तार गरिने प्रतिबद्धता जाहेर गरिएको छ।

लोकतान्त्रिक वाम–गठबन्धन क्षेत्र ३ का नेता एवं कांग्रेस कञ्चनपुरका नेता ईश्वरीप्रसाद जोशीले सक्ने जति प्रतिबद्धतापत्रमा उल्लेख गरिएको बताए। ‘हाम्रो पार्टी र वाम-लोकतान्त्रिक गठबन्धनले सक्ने कार्यक्रम प्रतिबद्धतापत्रमा ल्याएका छौँ,'  ‘उनले भने, ‘हामीले प्रतिबद्धता गरेअनुरूप अक्षरशः कामकाज अघि बढाएर जनतालाई विकास दिन्छौँ।’
 
वाम-लोकतान्त्रिक गठबन्धन कञ्चनपुर माओवादी केन्द्रका नेतृ माया नेगीले गठबन्धनबाट आएको चुनावी प्रतिबद्धताअनुरूप संयुक्त रूपमा योजना सम्पन्न गराउने बताइन्। ‘हामीले ल्याएका प्रतिबद्धता कार्यान्वयन गछौँ,' ‘उनले भनिन्, ‘कम प्रतिबद्धता बढी काम गछौँ।’ 

ad
ad