१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
आयोग मुख्यालयमा बुधबार गरिएको पत्रकार सम्मेलन । तस्बिर : संजित परियार\\नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १४:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आचारसंहिता कार्यान्वयन गराउन आयोग कटिबद्ध छ : प्रमुख आयुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:३३:oo

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आचारसंहितालाई थप कडाइका साथ अनुगमन गरिने बताएका छन् । आयोग मुख्यालयमा भर्खरै गरिएको पत्रकार सम्मेलनमा उनले निर्वाचनको निष्ठा कायम गराउन आचारसंहिता कार्यान्वयन गराउन आयोग प्रतिबद्ध रहेको बताए । 

उनले आचारसंहिता उल्लंघन अनुगमन गर्न केन्द्र र जिल्लामा बेग्लाबेग्लै अनुगमन समिति बनाइएको जानकारी दिँदै उनले केन्द्रमा केन्द्रीय अनुगमन समिति र जिल्लामा जिल्लास्तरीय अनुगमन समिति क्रियाशील रहेको बताए । 

उनले जिल्लामा अनुगमन अधिकृत तोकेर आचारसंहिता अनुगमन भइरहेको भन्दै उल्लंघन गरेको पाइए यथास्थानमै कारबाही गर्नेसम्मको अधिकार ती अधिकृतलाई दिइएको जानकारी दिए । अहिले अनुगमनको क्रममा आचारसंहिता उल्लंघनको भयावह अवस्था भने नदेखिएको उनको भनाइ थियो ।

ad
ad