मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक १३ आइतबार
  • Saturday, 12 July, 2025
२o७९ कार्तिक १३ आइतबार २o:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मैत्रीपूर्ण खेलमा एमसिसीको पहिलो जित  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १३ आइतबार २o:३o:oo

मैत्रीपूर्ण खेलका लागि नेपाल आएको एमसिसी महिला क्रिकेट टोलीले तेस्रो दिनको खेलमा पहिलो जित हात पारेको छ। पोखरा रंगशालामा यसअघि भएका दुई खेलमा लगातार हारको सामना गरेको पाहुना टोली एमसिसीले आइतबार सम्पन्न तेस्रो दिनको खेलमा क्यान एघारको मिक्स टोलीलाई फराकिलो अन्तर १० विकेटले पराजित गरेको हो। 

यसअघि शुक्रबार र शनिबार सम्पन्न खेलमा नेपाली टोलीसँग एमसिसी पराजित भएको थियो। आइतबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यान एघारको मिक्स टोली १७.२ ओभरमा अलआउट हुँदै जम्मा ६६ रनमा समेटिन पुगेको थियो। ६७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङका लागि मैदान उत्रेको एमसिसीले विनाविकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।

एमसिसीको जितमा आर पोटरले अविजित २९ रनको योगफल तयार गरेकी थिइन्। ३५ बलको सामना गरेकी उनले चार चौकासहित टोलीका लागि २९ रन जोड्न सफल भएकी थिइन्। यसैगरी, ए ह्वाइबोले अविजित रहँदै ३० रन जोड्न सफल भइन्। ३८ बलको सामना गरेकी उनले तीन चौकासहित ३० रन जोडेकी हुन्।

यसअघि मिक्स एघारका लागि अन्जलीले ३४ बलमा २४ रन र सोनुले ३३ बलमा १५ रनको योगदान गरे पनि टोलीका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् भने दुई खेलाडी विनाअंक बाहिरिएका थिए। बलिङतर्फ एमसिसीकी जो फोस्टरले तीन, अबी र साराले समान दुई–दुई विकेट लिएका थिए।