१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ जेठ ५ शनिबार १६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

अस्ताउँदो सूर्यलाई अर्घ दिन छठघाटमा व्रतालु [फोटोफिचर] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:o२:oo

हिन्दूको महान् पर्व छठ पूजाको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइँदै छ। छठघाटमा पुगेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्य भगवान‍्लाई अर्घ दिनेछन्।

चार दिनसम्म मनाइने छठ पूजाको आज विशेष दिन हो। आज व्रतालुसहित परिवारका सदस्यहरू घरनजिकको पोखरी, नदी, जलाशयमा निर्मित छठी घाट पुग्ने गर्दछन्। 

नयाँ–नयाँ वस्त्र लगाएर व्रतालुले बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा नरिवल, भिजाएको केराउ, पातसहितको मूलालगायतका फलफूल र प्रसाद राखेर अर्घ दिने गरेका छन्।

अर्घपछि केही व्रतालु घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन्  । अस्ताउँदो सूर्यलाई अर्घ दिएको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा विधिवत रूपमा सम्पन्न हुन्छ। उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्रै व्रतालुले व्रत तोड्ने गरेका छन्।

छठ पूजा गर्ने व्रतालुले कठोर व्रत गर्ने गरेका छन्। छठको पहिलो दिन नहाई खाइपछि दोस्रो दिन खरना विधिअन्तर्गत रस्याउ रोटी खाएका व्रतालुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिनुअघि निराहार व्रत गर्ने गरेका छन्।

 

 

 

ad
ad