१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

निर्वाचन क्षेत्रमा ओलीको व्यस्तता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o९:oo

एमाले अध्यक्ष केपी ओली निर्वाचन नजिकिएसँगै आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त छन् । शुक्रबार गृहजिल्ला आएका ओली झापा ३ को एउटा कार्यक्रममा सहभागी भए । त्यसपछि उनी आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको दमकमा भएको कार्यक्रममा सहभागी हुँदै आन्तरिक भेटघाट गरे । शनिबार ओलीले आधा दर्जन कार्यक्रमलाई सम्बोधन गरे । ओली सोमबार काठमाडौं फर्कने कार्यक्रम छ । 

आइतबार पनि उनी आधा दर्जन कार्यक्रममा सहभागी हुने छन् । यसक्रममा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेका छन् । निर्वाचन आयोगले निर्वाचनको १७ दिनअघि मात्र सभा र सम्मेलन गर्न अनुमति दिएको छ । तर, ओलीले चोक–चोकमा कार्यकर्ता तथा नागरिक भेला गरेर कार्यक्रम गरिरहेका छन् । ‘सार्वजनिकस्थलमा भेला गरेर, माइक बजाएर ठूलो आवाजले आफ्ना मत राख्ने काम १७ गतेपछि मात्र गर्न पाइन्छ,’ निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले भने, ‘अहिले आमसभा भेला गर्न पाइँदैन । यसो गरे आचारसंहिता उल्लंघन गरेको ठहर्छ ।’

एमालेलाई झापा ५ ले मात्र होइन, विश्वले चिनेको छ : ओली
एमाले अध्यक्ष केपी ओलीले नेपालले मात्र नभई विश्वले नै चिनेको दाबी गरेका छन् । दमकमा शनिबार आयोजित चुनावी सभामा उनले आफूलाई झापा ५ का मतदाताले मात्र नभई देश र विश्वले चिनेको बताएका हुन् । ‘यो क्षेत्रका जनताले मात्र होइन, नेपाल र विश्वभरिले नै एमाले के हो भन्ने कुरा तपाईंहरूले छानेर पठाएको प्रतिनिधिले देखिसकेको छ, बुझिसकेको छ,’ उनले भने । 

ओलीले यसपटक सामान्य निर्वाचन मात्र नभई देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको बताए । उनले देशको स्वाधीनताको रक्षा गर्न एमालेले जित्नुपर्ने दाबी पनि गरे । ‘यसपटक देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन हो । विदेशीको कठपुतली सरकार बनाउने कि स्वाधीनता रक्षाको सरकार बनाउने भन्ने फैसला गर्ने निर्वाचन हो । यो सरकार खान जन्मिएको भ्रष्ट सरकार हो । यसले देशलाई ओरालो लगाएको छ,’ उनले भने, ‘यो सरकारबाट देशलाई मुक्त गराउन, पीडा र ऐँठनबाट देशलाई पार लगाउन अबको निर्वाचनले फैसला गर्नुछ ।’

ओलीले यो निर्वाचनमा विदेशीको हस्तक्षेप रोक्न बलियो देशभक्त र राष्ट्रवादी शक्ति एकातर्फ उभिएको बताए । ‘गठबन्धन–सठबन्धन होइन, बलियो राष्ट्रिय शक्ति निर्माणमा राष्ट्रिय राजनीति जाँदै छ,’ उनले भने, ‘त्यसकारण अहिले देशभक्त शक्ति एकातिर छ । सर्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहितको पक्षधर रहेका शक्ति एकतिर र ठीकविपरीत शक्ति अर्कोतिर छन् ।’उनले गठबन्धन सरकार संविधानबाट नभई संविधानबाहिरबाट बनेको आरोप पनि लगाए । ‘यो गठबन्धन सरकार संविधानबाट बनेको होइन । बलजफ्ती बाहिरबाट बनेको हो । जनादेशबाट बनेन, परमादेशबाट बन्यो । सहज ढंगले होइन, सेटिङबाट बन्यो,’ उनले भने ।

ad
ad