मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ कार्तिक १३ आइतबार ०८:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुर बस दुर्घटना : मृतक पाँचजनाको सनाखत, घाइते ३० जना अस्पताल भर्ना (अपडेट)

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १३ आइतबार ०८:४३:००

पूर्वी नवलपरासीमा बस दुर्घटनामा हुँदा पाँचजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना दर्शनका लागि जाँदै गरेको ना.६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार- २, डाँडाझेरीको मथारमा दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा परेका बसमा सवार ३५ जनामध्ये पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ ।  बाँकी ३० जना सबै घाइतेलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बस कालीगण्डकी करिडोरको सडकबाट सय मिटर तल खसेको छ । 

मृतककाे सनाखत

दुर्घटनामा परी पाल्पाको रम्भा गाउँपालिका– १ निवासी ४१ वर्षीया तारा विक, १७ वर्षीय विनयी विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्याङ– १ बेलचौर निवासी ४५ वर्षीया फूलमाया माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।