१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘सत्तागठबन्धनलाई बलियो बनाउनुपर्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:५२:oo

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गरिएको स्पष्ट पारेका छन् । ‘प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती हो, यसैका लागि बनेको गठबन्धनलाई बलियो बनाउनुको विकल्प छैन,’ उनले भने ।

व्यास नगरपालिका– २ मा निर्वाचन सम्पर्क कार्यालयको आज (शुक्रबार) शुभारम्भ गर्दै उनले गठबन्धनलाई दिगो रूपमा अगाडि लैजान सकिए मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताए ।  व्यवस्था परिवर्तन भए पनि यसको सही व्यवस्थापन हुन नसकेकाले जनताको अवस्था बदलिन नसकेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । 

हरेक नागरिकमा अनुशासन र आचरणमा बस्ने पद्धति आवश्यक परेको जनाउँदै उनले लोकतन्त्रको उपयोग गर्न सिक्नुपर्ने धारणा राखे । गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने अहिलेको चुनौती रहेको र त्यसका लागि आफू क्रियाशील रहेको उनले बताए । 

सो अवसरमा तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) का उम्मेदवार अशोककुमार श्रेष्ठ, समानुपातिक उम्मेदवार चिनु पोख्रेललगायतले कांग्रेसको नेतृत्वमा विकास सम्भव रहेको बताए । वरिष्ठ नेता पौडेलले विगत केही दिनदेखि जिल्लाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाटलाई तीव्रता दिएका छन् । यसक्रममा उनले व्यास, भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट गरेका थिए । 

ad
ad