१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Friday, 01 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

छात्रवृत्तिका लागि महालक्ष्मी विकासको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:१६:oo

 महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पहुँचबाट पिछडिएका बालबालिकालाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले ‘बालबालिकालाई शिक्षित गर्नुहोस्’ कार्यक्रमअन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको जनाएको छ । बैंकले राउन्ड टेबल नेपालसँगको सहकार्यमा करिब एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सो सहयोग गरेको जनाएको छ ।

बैंकले काठमाडौं, धनगढी, वीरगन्ज, नेपालगन्ज, नारायणगढ, जनकपुर, बुटवल, भैरहवा गरी आठ स्थानमा सम्पन्न कार्यक्रममा सहभागी हुँदै शिक्षाको मूलधारमा आउन नसकेकालाई सहयोग गरेको हो । साथै, पिछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्न सो सहयोग प्रदान गरेको बताइएको छ ।