१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
लण्डन रासस/सिन्ह्वा
Invalid date format o९:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतले वृद्धि  

Read Time : < 1 मिनेट
लण्डन रासस/सिन्ह्वा
नयाँ पत्रिका रासस/सिन्ह्वा
Invalid date format o९:१७:oo

बेलायतको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) सन् २०२२ को सेप्टेम्बरसम्म १०.१ प्रतिशतले वृद्धि भएको छ । यो अगस्टमा ९.९ प्रतिशत थियो भने अहिले जुलाईको पछिल्लो उच्च बिन्दुमा फर्किएको छ ।    

राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)का अनुसार मासिक आधारमा हेर्दा सिपिआई अगस्टको तुलनामा सेप्टेम्बरमा ०.५ प्रतिशतले बढेको छ । ओएनएसका आर्थिक तथ्यांक निर्देशक डारेन मोर्गनले भने, ‘गत महिनाको सामान्य गिरावटपछि प्रमुख सेवाहरूको मुद्रास्फीति वर्षा ऋतुको सुरुमा देखिएको उच्चस्तरमा फर्किएको छ ।’  

‘खाद्य पदार्थमा थप वृद्धिका कारण यो वृद्धि भएको हो, जसले ४० वर्षयताकै सबैभन्दा ठूलो वार्षिक वृद्धि देखेको छ, जब कि होटेलको मूल्य पनि गत वर्ष यसको यसै समयमा सामान्य घटे पनि अहिले बढेको छ । सेप्टेम्बरसम्म १२ महिनामा खाद्य र अल्कोहलरहित पेय पदार्थको मूल्य १४.६ प्रतिशतले बढेको छ, जुन ४२ वर्षको उच्च बिन्दुमा पुगेको छ,’ ओएनएसको रिपोर्टमा भनिएको छ ।  सबैभन्दा ठूलो वृद्धिकाे प्रभाव पाउरोटी र खाद्यान्न, मासुजन्य उत्पादन, दूध, चिज र अन्डाबाट आएको छ ।

ओएनएसका अनुसार मोटरइन्धनको मूल्यमा निरन्तर गिरावटले मुद्रास्फीतिमा सबैभन्दा ठूलो योगदान गरेको छ । प्यान्थियन म्याक्रोइकोनोमिक्सका प्रमुख बेलायती अर्थशास्त्री स्यामुयल टम्ब्सले भने, ‘सेप्टेम्बरको उपभोक्ता मूल्यको तथ्यांकले केन्द्रीय बैंक, बैंक अफ इंग्ल्यान्ड (बिओई) मा बढ्दो मन्दीको बाबजुद नोभेम्बर ३ मा हुने यसको अर्को बैठकमा ब्याजदरमा उल्लेखनीय वृद्धि गर्न दबाब कायम राखेको छ ।’ सेप्टेम्बरको अन्त्यमा, बिओईले मुद्रास्फीतिको सामना गर्न आफ्नो मानक ब्याजदरमा वृद्धि गरी २.२५ प्रतिशत कायम गरेको थियो ।